Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फूलपातीदेखि प्रदर्शनमा आउने तीन चलचित्रमध्ये कसलाई कति शो ?


२२, असोज २०८१
  • 226
    SHARES
  • फूलपातीदेखि प्रदर्शनमा आउने तीन चलचित्रमध्ये कसलाई कति शो ?

    काठमाडौंँ । फूलपातीदेखि प्रदर्शनमा आउन लागेका तीन नेपाली चलचित्र छक्कापञ्जा ५, १२ गाउँ र ज्वाइँ साबको बुकिङ खुला भएको छ ।

    मंगलबार दिउँसोसम्म तीन फिल्ममध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा ५’ ले पाएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्मले देशभर हलबाट एक दिनमा २१७ शो पाएको खल्ती एपको डाटामा उल्लेख छ ।

    क्यूएफएक्सले यो फिल्मलाई ९४ शो आईएनआईले १४ शो उपलब्ध गराएको छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीलगायतका कलाकारको अभिनय छ ।

    त्यस्तै, फिल्म ‘१२ गाउँ’ले देशभर १२५ शो प्राप्त गरेको छ । क्यूएफएक्सले यो फिल्मलाई ४९ शो र आईएनआईले ८ शो दिएको छ । विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’ फिल्ममा विराज र उनका छोरा समीरको मुख्य भूमिका रहेको छ ।

    फूलपातीमा आउने तीन फिल्म मध्ये सबैभन्दा थोरै शो वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले पाएको छ । फिल्मले देशभर ८९ शो पाएको छ ।

    गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले पनि दोस्रो साता २४ शोका साथ निरन्तरता पाउने भएको छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्मको दोस्रो साताको शोमा भारी कटौती भएको हो ।

    तीन फिल्म एकसाथ रिलिज हुने भएपछि ‘बेहुली फ्रम मेघौली’को शोलाई असर परेको हो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend