Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुरानै लयमा पर्यटन क्षेत्र


२२, असोज २०८१
  • 314
    SHARES
  • पुरानै लयमा पर्यटन क्षेत्र

    काठमाडौँ । प्रतिकूल मौसमका कारण प्रभावित पर्यटन क्षेत्रले विस्तारै पुरानो लय समात्न थालेको छ ।

    लगातारको वर्षासँगै उच्च हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातका कारण रोकिएको आरोहण आलो हिउँ पग्लिएसँगै पुनः सुचारु भएको छ भने पदयात्रामा रहेका पर्यटकसमेत आफ्नो गन्तव्यमा पुगेका छन् ।

    पर्यटन विभागका निर्देशक राकेश गुरुङले भन्नुभयो, “गोरखाको उत्तरी क्षेत्र र मुस्ताङको टुकेचे हिमाली क्षेत्रमा भएको भारी हिमपातका कारण अवरुद्ध आरोहण पुनः सुरु भएको छ । करिब पाँच फिटसम्म हिउँ जमेका कारण रोकिएको आरोहण हिउँ पग्लिएपछि सुचारु भएको हो ।”

    सबैभन्दा बढी आरोहीले अनुमति लिएको मनासलुमा आरोहण सकिने समयमा भएको हिमपातका कारण करिब १५ जना आरोही आधार शिविरमै रोकिएकामा आइतबारदेखि पुनः आरोहणतर्फ लागेको उहाँले जानकारी दिनुभयो । त्यस्तै गरी प्रतिकूल मौसमका कारण अमादब्लम र हिमलुङको आरोहणसमेत सुरु भएको उहाँले बताउनुभयो ।

    प्राकृतिक विपत्तिका कारण प्रभावित पदयात्रा क्षेत्रसमेत पुरानै लयमा फर्किएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा रोकिएका पर्यटक गन्तव्यमा पुगिसकेका छन् । आरोहण र पदयात्रामा गएका पर्यटकमध्ये अप्ठ्यारोमा परेका पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।”

    बाढीपहिरोका कारण सडक मार्गबाट पोखरा, चितवन, रामेछापलगायतका गन्तव्यतर्फ लागेका पर्यटक बढी प्रभावित हुन पुगेको उहाँले जानकारी दिनुभयो ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँगको समन्वयमा पर्यटकको उद्धार गरिएको हो ।  

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend