रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
६९ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनिकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउदै रुपान्तरणको आवश्कता रहेको औल्याउनुभयो ।
मुख्यमन्त्री आचार्यले अपराध न्यूनिकरण गर्न प्रहरीले गरेका योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको बताउदै अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको थियो । त्यस्तै प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगीतामा विजयीलाई पुरस्कृत समेत गरिएको थियो ।