Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)


४, कात्तिक २०८१
  • 153
    SHARES
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)

    काठमाडौं । शुक्रबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् आइतबार ती निर्णय सार्वजनिक गरेका हुन् ।

    बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहार स्वरुप चितवन राष्ट्रिय निकुञ्जको हात्तिसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने निर्णय गरेको छ । भने सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्राकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको छ ।

    त्यस्तै नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरीक उड्डयन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यशर्त स्वीकृत गर्ने निर्णय गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिहंको अध्यक्षतामा उच्चस्तरीय अध्ययन समिति तथा सुझाव समिति गठन भएको हो ।

    समितिको सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।1_SMLkp3nwwI.jpg2_spsXtANcAA.jpg3_O7Xi3J7myB.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend