Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभामुखसहित संसदीय सभापति र प्रमुख सचेतकबिचको छलफल सकियो


६, कात्तिक २०८१
  • 135
    SHARES
  • सभामुखसहित संसदीय सभापति र प्रमुख सचेतकबिचको छलफल सकियो

    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसहित संसदीय समितिका सभापति र प्रमुख दलका सचेतक तथा प्रमुख सचेतकहरूसँगको छलफल सकिएको छ ।

    सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा समितिमा रहेका विधेयकका बारेमा छलफल भएको समिति सभापतिहरूले बताएका छन् ।

    छलफलमा संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई निर्देशन दिएका छन् । अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउन समेत कठिन भएको सभापतिहरूले गुनासो गरेका छन् ।

    ‘हामीले कुन समितिमा कुन विधेयक छ । त्यो विधेयक पास गर्न के समस्या रहेको छ । अहिलेसम्म कति काम भएको छ र कति समयमा पास गर्न सक्छौ भन्ने सभामुखको जिज्ञासामा हामी सबैले आआफ्नो तर्फबाट जवाफ दियौँ’, उद्योग समितिका सभापति अब्दुल खानले बैठकपछि भने, ‘सदनको बैठक सकिएपछि प्राय माननीयहरू आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ । त्यस कारण समितिका बैठक बस्न सकेको छैन अर्कोतिर बैठक बस्दा समेत चियानास्ताको समेत दिन सक्ने अवस्था छैन यो समस्या समाधान गर्नुपर्छ भन्ने कमन कुरा आएका छन् ।’

    यसको अलवा संघीयता कार्यान्वयनको अवस्थामा निजामती कर्मचारी, प्रहरी विधेयक ल्याउनुपर्ने अवस्थामा संविधान संशोधनको समेत कुरा आइरहेको भन्दै कसरी सन्तुलन गर्ने भन्नेबारेमा सभामुखले बैठकमा राखेको खानले जानकारी दिए ।

    बैठकमा कानुनमन्त्रीसहित उपसभामुख इन्दिरा राना, सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायतका व्यक्तिहरू सहभागी छन् ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend