Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैन : नेता विश्वकर्मा


६, कात्तिक २०८१
  • 159
    SHARES
  • कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैन : नेता विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान सत्ता गठबन्धनलाई २०७९ को निर्वाचनपछि ०८४ सम्मका लागि बनेको सबैभन्दा ‘उत्कृष्ट गठबन्धन’ को संज्ञा दिएका छन् ।

    आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेलाई पालैपालो प्रयोग गरेको बताए । उनले प्रचण्डको अस्थिर मनस्थिति र चुलबुले उत्ताउलोपनाका कारण कांग्रेस–एमालेसहितको गठबन्धन बनेको बताए ।

    वर्तमान सत्ता गठबन्धन बन्नुमा प्रचण्डको देन रहेको दाबी गर्दै उनले यो गठबन्धन भत्काउने खेलमा नलाग्न आग्रह गरे । ‘अहिले हामी यो गठबन्धनको विकल्प खोज्ने, अथवा केही शर्मा ओलीलाई असहयोग गर्ने, कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैन,’– उनले भने ।

    साथै, नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा लिनु गलत रहेको उनको टिप्पणी छ । नेता विश्वकर्माले सरकारवादी मुद्दा खेपिराखेका गुरुङसँग एमालेले जग्गा दान लिँदा दलहरुप्रति जनतामा नकारात्मक सन्देश गएको बताए । एमालेले मिनबहादुर गुरुङसँग जग्गा लिनु कानुनी, राजनीतिक र नैतिक दृष्टिकोणले पनि गलत रहेको उनको भनाइ छ ।

    ‘जो व्यक्ति जग्गासम्बन्धी, अनियमितता सम्बन्धी सरकार वादी मुद्दा बोकिराखेका छन्, आमनेसामने मीनबहादुर गुरुङ र नेपाल सरकारको बीचमा झैझगडा छ, मुद्दा मामिला छ । तर, सरकारवादी मुद्दा बोक्ने सरकारले नै मीनबहादुर गुरुङसँग अत्यन्त ठूलो रकम बराबरको जग्गा प्राप्त गर्नुभनेको कानुनी दृष्टिकोण, राजनैतिक दृष्टिकोण र नैतिक दृष्टिकोणबाट पनि यो मिल्ने कुरा होईन । यो हाम्रो पार्टीको धारणा हो, मेरो धारणा हो । यो गलत काम हो, यो गर्न हुँदैन । यसले दलहरुप्रति थप नकरात्मक धारणा बनाएको छ,’– उनले भने ।

    प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले स्टन्टबाजीमात्रै गरेको र सहकारी ठगी प्रकरणमा कसैलाई पक्राउ नगरेको उनले बताए । वर्तमान सरकारले हल्ला नगरी अभियुक्तहरुलाई पक्राउ गर्ने काम गरिरहेको उनले बताए । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन कायम गर्न नियमित रुपमा काम गरिरहेको उनले बताए । नेता विश्वकर्माले उजुरी परेकाविरुद्ध अनुसन्धान गर्ने अधिकारीले पक्राउ गर्ने बताए ।

    त्यस्तै, सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बन्न बालकोट र बालुवाटारमा गएर बिन्त बिसाएको उनको दाबी छ । अरु मन्त्री बनेको भए जतिबेला पनि पक्राउ पर्नसक्ने डरले लामिछाने गृहमन्त्री नै बनेको नेता विश्वकर्माको दाबी छ । लामिछाने गृहमन्त्री बनिसकेपछि स्वार्थको द्वन्द्व हुने भनेर आफूहरुले विरोध गरेको उनले बताए ।

    नेता विश्वकर्माले प्रहरी प्रशासनलाई नियन्त्रणमा राखेको अवस्थालाई कांग्रेसले हेरेर बस्न नसकेको कारण सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय विशेष समिति बनेको उनको भनाइ छ । उक्त समितिको प्रतिवेदनको आधारमा नै अहिले लामिछानेलाई पक्रिएको उनले बताए । त्यस प्रतिवेदनलाई सन्दर्भ सामाग्री मानेर प्रहरीले अनुसन्धान अगाडि बढाउने र जुनसुकै दलका नेताहरु पनि अनुसन्धानको दायरामा आउनुपर्ने उनले बताए । उनले लामिछानेको रिहाईको माग गर्दै भइरहेको प्रदर्शनप्रति आपत्ति जनाए ।

    ‘पुरानाले केही गरेन, पुरानाहरु भ्रष्ट भए रे । अनि नयाँ मानिसलाई ठगीको आरोप लाग्छ । भएजति सबै त्यो पार्टीका केन्द्रीय कार्य समिति, वडा कार्यसमितिदेखि संघीय संसद्का सबै एक ठाउँमा बसेर ठगलाई रिहाइ गर, ठगलाई रिहाइ गर भनेका छन् । बडा विचित्रको छ,’– नेता विश्वकर्माले भने ।

    उनले ऋषिकेश पोखरेल र धनराज गुरुङको बारेमा उजुरी नै नपरेको दाबी गरे । नेता विश्वकर्माले पोखरेल र गुरुङविरुद्ध कतै उजुरी, जाहेरी परेको भए सार्वजनिक गरिदिन आग्रह गरे । कांग्रेसको बटमलाइन प्रचलित कानुनअनुसार सबैलाई एकै प्रकारको कारबाही हुनुपर्ने उनले बताए ।

    वर्तमान सरकार हल्ला गर्ने भन्दा, सल्लाह गर्ने र बाहिर चर्चा गर्ने भन्दा खुरुखुरु काम गर्ने दिशामा अगाडि बढिरहेको उनले बताए । नेता विश्वकर्मालले वर्तमान सरकार थिति बसाल्ने प्रक्रियामा अगाडि बढिरहेको दाबी गरे ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend