Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारविरुद्ध खबरदारी सभा गर्न माओवादीको तीव्र तयारी


७, कात्तिक २०८१
  • 190
    SHARES
  • सरकारविरुद्ध खबरदारी सभा गर्न माओवादीको तीव्र तयारी

    काठमाडौँ । केपी ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा खबरदारी सभा गर्ने तयारी तीव्र पारेको छ ।

    बागमती प्रदेश, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा खबरदारी सभा गर्न लागिएको हो । 

    मङ्गलवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका थिए । 

    विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजना विहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापना क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

    ओली सरकार सुशासन, सामाजिक न्याय, समृद्धि, जनजीविका लगायत विषयमा सरकारविरुद्ध जनप्रदर्शनसहित खबरदारी सभा गर्नुपरेको सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यी प्रदेश अन्तर्गतका शाखा, प्रशाखा, महाशाखाहरू सबैमा बैठक चलिरहेको छ । पार्टी कमिटी, जबस र मोर्चाहरूले तयारी घनिभूत गरिरहेको उनले बताए । ओली सरकार सुशासन, सामाजिक न्याय, समृद्धि, जनजिवीकाको समस्या समाधानमा पूर्ण असफल भएको उनले निष्कर्ष सुनाए । 

    ‘हामीले जनप्रदर्शन र खबरदारी सभा गर्न लागिएको हो । सरकार भ्रष्टाचारीलाई कारबाही गर्नुको साटो संरक्षण गर्ने, सुशासन कायम गर्ने अधिकारीमाथि कारबाही गर्ने । पार्टीहरूमा विभाजन ल्याउने दिशामा अग्रसर रहेकाले यो सरकार पश्चगमनतर्फ जाँदैछ । त्यसैले सरकारविरुद्ध खबरदारी सभा गर्नैपर्ने भयो’, बुधबार उनले भने । 

    १० गते बिहान ११ बजे पार्टी कमिटी, जबस–मोर्चा लगायत सबै आ–आफ्नै ढङ्गले काठमाडौँ मलमा जम्मा हुने कार्यसूची रहेको छ । भृकुटीमण्डपमा पुगेर खबरदारी सभामा परिणत हुने प्रवक्ता सापकोटाले जानकारी दिए । सभालाई अध्यक्ष प्रचण्ड लगायत नेताहरूले सम्बोधन गर्ने छन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend