गुल्मी । नेपाली कांग्रेस जिल्ला समिति गुल्मीले पार्टी सङ्गठन सुदृढीकरण कार्यक्रमको सयदिने अभियानसंगै पालिका स्तरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी कार्यालय बिपी स्मृति भवन तम्घासमा सोमबार बसेको बैठकले नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन वैचारिक बहसको आवश्यकता महशुस गरी नेता तथा कार्यकर्तालाई वैचारिक रूपमा बलियो बनाउन सयदिने अभियानको अतिरिक्त पालिका स्तरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्न लागिएको जानकारी पार्टी सभापति खिलध्वज पन्थीले दिनुभयो ।
बैठकमा आफ्नो मन्तब्य राख्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले सबै तहका कांग्रेसका नेता तथा कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट सैद्धान्तिक रूपमा स्पष्ट बनाउन जरुरी रहेको बताउनुभयो ।
नेता कार्यकर्तासँगै सम्पूर्ण नागरिक पार्टी सिद्धान्तको बारेमा स्पष्ट पार्न जरुरी रहेको भन्दै पार्टी सङ्गठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा नेता श्रेष्ठले जोड दिनुभयो ।
देशमा कांग्रेसको विकल्प अरू कोही नभएको भन्दै बलियो सङ्गठन निमार्णका लागि सबै तहबाट नेता कार्यकर्ता जिम्मेवार ढंगले लाग्नुपर्ने बताउदै पार्टीबाट निर्वाचित जनप्रतिनिधिले जनताले महशुश गर्ने गरी विकास निर्माणसँगै पार्टी सङ्गठनको कार्यलाई विशेष प्राथमिकता दिएर अगाडि बढन आग्रह गर्नुभयो ।