काठमाडौँ । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ ।
यो नियमित बैठक हो । यसअघि सोमबार बस्ने भनिएको बैठक एक्कासी स्थगित् भएको थियो ।
सो बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चा थियो । तर, सरकारले तत्काल अध्यादेश नल्याउने भनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तत्काल अध्यादेश ल्याउने सरकारको सोच नभएको स्पष्ट पारेका छन् ।
तर, सरकारकै एक मन्त्रीले भने दल विभाजनसम्बन्धी अध्यादेश तिहारलगत्तै आउने सम्भावना सुनाए । तत्काल सरकारपनि तलमाथि नहुने उनको भनाई छ ।