Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी हुने


११, कात्तिक २०८१
  • 211
    SHARES
  • एकीकृत समाजवादीको कर्णाली अधिवेशनमा ५०२ प्रतिनिधि सहभागी हुने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को कात्तिक २६ र २७ हुने पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

    सुर्खेतको वीरेन्द्रनगरमा हुने गरी मिति तय भएको अधिवेशनका लागि कर्णाली प्रदेशमा ५०२ जना प्रतिनिधि सहभागी हुने प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष ठगेन्द्र पुरीले जानकारी दिए ।

    उनका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने धेरैजसो प्रतिनिधिहरूसमेत छनोट भैसकेका छन् । जसअनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९ गरी जम्मा २५३ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

    त्यस्तै कात्तिक १३ गते जुम्ला, २० र २१ गते हुम्लामा प्रतिनिधि छनोटका लागि निर्वाचन हुँदैछ । जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी जम्मा ५१ जना प्रतिनिधिहरू निर्वाचित हुनेछन् । त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरे बमोजिम १८ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

    यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने कार्यवाहक अध्यक्ष पुरीले जानकारी दिए । एकीकृत समाजवादीले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिइसकेको छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend