Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री लेखक


११, कात्तिक २०८१
  • 193
    SHARES
  • गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताएका छन् ।

    गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभा कार्यक्रममा आज बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताए ।

    “नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ”, उनले भने, “गैरआवासीय नेपाली अवैतनिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंहरु संसारभर फैलिँदा नेपालको राष्ट्रियता थप बलियो बनाएको छ ।”

    उनले गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको जानकारी दिए ।

    “तपाईंहरु पनि त्यसरी नै आउनुहोस् । कानुन संशोधनका लागि हामीले गृहकार्य गरिरहेका छौँ । तपाईं पनि गृहकार्य गरेर आउनुहोस्”, उनले अगाडि भने, “गैरआवासीय नेपालीको उद्देश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहनुभएको छ ।” लोकतन्त्र अनुशासनको पद्धति भएको भन्दै उनले लोकतन्त्र अराजकता नभएको बताए ।

    यसैगरी गैरआवासीय नेपाली सङ्घ (एआरएनए)का अध्यक्ष डा.बद्री केसीले लगानीमैत्री वातावरण भए गैरआवासीय नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन् । “अहिलेसम्म गैरआवासीय नेपालीहरुले नेपालमा लुकेर गरेकै लगानी एक खर्ब रहेको छ ।

    किनभने नेपालमा देखिएर लगानी गरेपछि राष्ट्रीयकरण पो हुने हो कि भन्ने डर थियो”, उनले भने, “गैरआवासीय नेपालीहरुलाई नागरिकता उपलब्ध गराएर लगानीका लागि सहज वातावरण मिलाएमा आगामी दिनमा अझै बढी नेपालमा लगानी भित्रने छ ।”

    आफूहरु एकताको विरोधी नभएको भन्दै उनले सबैलाई मिलेर अगाडि बढ्दै एनआरएनएको उद्देश्य पूरा गर्न एकजुट हुनुपर्नेमा केसीको जोड रहेको छ ।

    उपाध्यक्ष डा.हेमराज शर्माले नेपालको समृद्धिका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने भन्दै एनआरएनएलाई सहज रुपमा नागरिकता उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

    पूर्वअध्यक्ष उपेन्द्र महतोले एनआरएनएमा देखिएका विवादको समाधान गरेर सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । - रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend