काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरका लागि स्वतन्त्रबाट नवरथ कुमार बानियाँ मेयरमा उम्मेदवारी दिएका छन् ।
उनले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । अन्य दलका उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गर्दैछन् ।
आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।