Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


७, मंसिर २०८१
  • 116
    SHARES
  • कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ । उप–प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् भूमिका रहेको बताउदै किसानलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् ।

    कृषि विकास बैंकको केन्द्रिय कार्यालयस्थित नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज आयोजना गरेको ‘वित्तीय सन्देश स्मारिकाको १५औँ अङ्क’ विमोचन समारोहमा बोल्दै मन्त्री सिहंले कृषि विकास बैंकको महत्वबारे आफ्नो धारणा राखेका थिए ।

    उनले कृषि विकास बैंक निजी क्षेत्रका बैंक भन्दा फरक र अहम् भूमिकामा रहेको उल्लेख गरे । यस बैंकले किसानको घर दैलोसम्म पुगेर सेवा प्रदान गर्ने दायित्व रहेकाले अरु बैँकको भन्दाबढी जिम्मेवारी रहेको बताए ।

    बैंकमा भएको कर्मचारीका समस्याबारे समाधान निकालेर सेवामा सकारात्मक भाव पैदा गर्न उनले सुझाव दिए । “कृषि विकास बैंकले जनताको सेवामा निरन्तर योगदान दिँदैआएको छ”, उनले भने, “सेवामा खटिने कर्मचारीको समस्या सुल्झाएर बैँक बलियो बनाउन तर्फ लाग्नुपर्छ ।”

    नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष रामबहादुर रावलले आन्दोलन पश्चात कर्मचारीका सामाजिक सुरक्षा लगायतका माग पूरा गर्ने बोर्ड समितिसँग सहमति भएको तर ती माग अर्थमन्त्रालयमा रोकिएकोले तुरुन्तै समाधान गर्न आग्रह गरे ।

    कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले कुनै पनि संस्थाको जनशक्ति उत्साहजनक नभए त्यसको प्रभाव संस्थाको सेवामा पर्ने हुँदा उक्त मागबारे सुनुवाइ गरिनुपर्ने बताए । - रासस

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend