काठमाडौं । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग द्विवेदीले भेटवार्ता गरेका हुन् ।
गत बुधबार नेपाल भ्रमणमा आएका द्विदीलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।