Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा बसेर अनियमितता गर्ने छुट कसैलाई छैन : मन्त्री पाण्डे


९, मंसिर २०८१
  • 103
    SHARES
  • लुम्बिनीमा बसेर अनियमितता गर्ने छुट कसैलाई छैन : मन्त्री पाण्डे

    भैरहवा । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले महिनामा २ पटक लुम्बिनी आउने बताएका छन् । उनले लुम्बिनी संस्कृति पर्यटन र उड्यनको केन्द्र भएकाले आफूले लुम्बिनीलाई बढि समय दिने योजना रहेको सुनाए ।

    अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनको सम्बन्धमा सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले लुम्बिनीको सुधार र एयरपोर्टको दिगो सञ्चालनको लागि महिनामा २ पटक लुम्बिनी आउने उल्लेख गरे । ‘लुम्बिनी विकास कोषलाई सुधार गर्न सकिन्छ र एयरपोर्टलाई दिगो रुपमा सञ्चालन गर्नको लागि के अफ्ट्यारा छन् ।’ उनले भने ‘ति अफ्ठयारालाई फिल्डमै आएर समाधान गर्न सकिन्छ भनेर आउन खोजेको हो ।’

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमिततको लागि अध्यागमन, विदेश जानेहरुको स्वास्थ्य परिक्षण, भिसा लगायतका समस्या केही बाँकी रहेको भन्दै पाण्डेले त्यसको लागि आँफू काठमाडौँ गएपछि सम्बन्धित मन्त्रालयहरुसँग छलफल गर्ने बताए ।

    उनले लुम्बिनीको सुधार गर्न आवश्यक भएको भन्दै स्थानियसँगको विवादमा मध्यस्थताको भूमिका निर्वाह गर्न मन्त्री पाण्डेले निजी क्षेत्रसँग आग्रह गरे । पाण्डेले अरु क्षेत्रमा नेपालको कानून लागु हुने र लुम्बिनीमा बसेर कुकर्म गरे राज्यको कानूनसँगै धर्मको कानून पनि लाग्ने उल्लेख गरे । मन्त्री पाण्डेले लुम्बिनीमा बसेर अनियमितता गर्ने छुट कसैलाई नभएको चेतावनी दिए ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अन्तर्राष्ट्रिय उडान सुरु भएपछि अब पर्यटकीय वातावरण बनाउनुपर्ने उल्लेख गरे । उनले यती ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाएपछि भिसा, अध्यागमन लगायतका समस्या तत्काल समाधान हुनुपर्ने धारणा राखे ।

    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तराष्ट्रिय उडानको गतिविधिबारे जानकारी गराएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पर्यटनसँग सम्बन्धीत विभिन्न संघ संस्थाका प्रतिनिधि र सरोकारवालाहरुले विमानस्थल निरन्तरताको लागि सबैको ध्यान आवश्यक भएको उल्लेख गरेका थिए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, सिद्धानगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ होटल एशोसिएन सानका अध्यक्ष सिपि श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा, सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष सञ्जय बजिमय, लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्याल लगायतले बोल्दै अन्तराष्ट्रिय उडान निरन्तरताको वातावरण बनाउनुपर्ने धारणा राखे । उनीहरुले उडानको निरन्तरताको लागि अध्यागमन भिसा लगायतका समस्या समाधान हुनुपर्ने बताएका थिए ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend