काठमाडौँ । प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
सचिव अधिकारीले भोली अर्थात् सोमबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् ।
सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार सचिव अधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।
‘स्वास्थ्यमा समस्याको कारण देखाउँदै उनले भोलीबाट लागु हुनेगरी राजीनामा दिएका हुन्‚’ गिरीले भने । उनलाई सभामुख देवराज घिमिरेले गत असार १७ गते प्रतिनिधिसभा सचिविमा नियुक्त गरेका हुन् ।