Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कम्बोडियन काण्ड : प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानबिन गर्न राप्रपाको माग


११, मंसिर २०८१
  • 126
    SHARES
  • कम्बोडियन काण्ड : प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानबिन गर्न राप्रपाको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउन माग गरेका छन् । उनले कम्बोडिया प्रकरण छानबिनका लागि संसदीय समिति बनाउनसमेत माग गरेका छन् ।

    ‘देशका प्रधानमन्त्री खड्ग प्रसाद ओलीजीलाई छानबिन गरियोस् । कम्बोडिया काण्डमा हत्कडी हालेर छानबिन गर्नुपर्छ,’– उनले भने, ‘‘त्यो भिडिओ एक जना को मान्छेले सार्वजनिक गर्यो भन्ने विषय होईन । तपाईँ कम्बोडिया गएको मिति र हस्ताक्षर गरेको मिति एउटै छ । भोली तपाईँ दोषी, निर्दोष के हो भन्ने अदालतले छानबिन गर्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय छानबिन समितिको आवश्यक्ता ठानेको छ ।’

    उनले दुई तिहाइको सरकारको प्रधानमन्त्री सडकमा आएर जात्रा गरेको टिप्पणी गरे । नेकपा (एमाले) ले दरबारमार्गमा आयोजना गरेको कार्यक्रमप्रति टिप्पणी गर्दै उनले भने, ‘सडकमा आएर नाटक देखाउनुहुन्छ । उहाँले कस्का लागि देखाएको हो त्यो नाटक ? प्रश्न गर्दै उनले भने, ‘‘कसका लागि सडकमा आएको ? किन सडकमा आएको ? के गर्न आएको ? जात्रा देखाउन र गिरीबन्धु टि स्टेट र कम्बोडियामा पैसा छैन भनेर जनतामा भ्रम छर्न सडकमा आएको हो ? राप्रपा त्यो पत्याउँदैन । संसद्मा जवाफ माग्छौं ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend