काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको औपचारिक भ्रमणमा आज त्यसतर्फ जाने भएकी छिन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन जान लागेकी उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीका लागि त्यसतर्फ जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले भ्रमणका क्रममा मंसिर १४ गते चिनियाँ समकक्षीसँग छेङ्दुमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।
उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मंसिर १५ गते स्वदेश फर्कने डा.राणा मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा सहभागी भएर पुनः मंसिर १७ गते चीन जानेछिन् ।
मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । भ्रमण दलमा डा.राणा पनि सहभागी हुनेछिन् । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।