Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भयो : राजनीतिक विश्लेषक दाहाल


१३, मंसिर २०८१
  • 116
    SHARES
  • ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भयो : राजनीतिक विश्लेषक दाहाल

    काठमाडौं । राजनीतिक विश्लेषक केशव दाहालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।

    बुधबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले देशको आर्थिक सकंट व्यवस्थापन, विकासको सपना, सुशासन, भ्रष्टाचार अन्त्य गर्ने कुरा लगायतको गतिविधि हेर्दा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल देखिएको बताएका हुन् ।

    ‘एउटा प्रधानमन्त्री सफल कि असफल भनेर हेर्नका लागि उहाँले कतिवटा मिटिङ गर्नुभयो, कतिवटा उद्घाटन गर्नुभयो, कतिवटा भाषण गर्नुभयो भन्ने कुराले निर्धारण गर्दैन । यो देशको खास सकंट समाधान गर्नका लागि, त्यो आर्थिक सकंट होला, विकासको सपनाको कुरा होला, सुशासन कायम गर्ने कुरा, भ्रष्टाचार अन्त्य गर्ने कुरा, यी यावत चिजमा उहाँको दूरदृष्टि के हो ? उहाँले नीतिगत र संरचनागत कुरामा के ब्रेक थ्रू गर्नुभयो भन्ने कुराले उहाँको सफलता र असफलता निर्धारण हुन्छ । त्यो हेर्दा उहाँ सफल हुनभएन, उहाँ असफल हुनुभयो,’– उनले भने ।

    साथै, प्रधानमन्त्री ओली र उनको पार्टी एमालेले विगत ३० वर्षदेखि असफल प्रयास गर्दै आइरहेको बताए । ‘केपी ओलीको सरकार अथवा एमालेको सरकारलाई अहिलेको ४ महिनाको घटनाबाट मात्रै हेर्न हुँदैन । नेपाली राजनीतिमा विगत ३० वर्षदेखि केपी ओली र केपी ओलीको पार्टी सरकारमा छ । ३० वर्षदेखि यो पार्टी असफल छ,’– उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend