Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चीनको शर्त मानेर बीआरआईको अनुदान पनि लिनु हुँदैन : नेता गैरे


१३, मंसिर २०८१
  • 109
    SHARES
  • चीनको शर्त मानेर बीआरआईको अनुदान पनि लिनु हुँदैन : नेता गैरे

    काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले चीनको शर्त मानेर बीआरआईअन्तर्गतको अनुदान पनि लिन नहुने बताएका छन् ।

    आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को अनुदान लिँदा पनि नेपाली ठेकेदार कम्पनीहरुले ठेक्का पाउने, सामानहरु नेपाली नै प्रयोग गर्न पाउने, नेपाली कामदारहरुले रोगजारी पाउने लगायतका सुनिश्चितता हुनुपर्ने बताएका हुन् ।

    साथै, नेपालको शर्तअनुसार न्यूनतम् व्याजदरमा चीन सरकारसँग ऋण सहायता पनि लिन सकिने उनको भनाइ छ । नेता गैरेले अनुदानमा पाएको भन्दैमा देश र जनताको हितविपरीत र देशको सार्वभौमता र प्राथमिकताले मान्यता नपाउने गरी लिन नहुने बताए ।

    ‘हाम्रो देशका युवाहरुले रोजगारी पाउने कुरा हाम्रो देशको शर्त हुनुपर्यो । ४ प्रतिशत व्याज हामी मान्दैनौं । त्यो व्याज हामीलाई स्वीकार्य छैन भन्ने शर्त नेपालकोृ हुनुपर्यो । उनीहरुले एउटा प्रस्ताव पारित गरे, अब चीनले पारित गरेपछि एमालेले मानिहाल्छ यो कुरा गलत हो । जसको सरकार भएपनि देश र जनताको हित, हाम्रो सार्वभौमता र प्राथमिकताले मान्यता पाउने, हाम्रो शर्तहरु लागू हुने स्थितिमा मात्रै हामीले अनुदान लिनुपर्छ । अनुदान पाइयो भन्दैमा जे पनि लिने गर्न सकिँदैन । उनीहरुको गलत शर्तमा अनुदान पनि लिन हुँदैन, लिन सकिँदैन,’– उनले भने ।

    साथै, अनुदानमा लिइएको भन्दा थोरै व्याजदरमा लिइएको ऋणमा अत्यन्त राम्रा कामहरु भएका उद्धाहरण पनि रहेको उनले बताए । नेपालको साधन, स्रोत र राजश्वबाट जनताको अपेक्षाअनुसारको विकास निर्माणका काम अहिले नै गर्न असम्भव रहेको बताउँदै उनले न्यूनतम व्याजदरमा ऋण पाउँदा लिँदा नै उपयुक्त हुने धारणा राखे ।

    ‘हाम्रो स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच नपुग्ने, हाम्रो असंलग्न परराष्ट्र नीतिमा तलमाथि नगर्ने, हामी उत्तर पनि नढल्किने, दक्षिण पनि नढल्किने, युरोप पनि नढल्किने, अमेरिकातिर पनि नढल्किने ।’ उनले भने, ‘उनीहरुको शर्त मानेर होईनकी हाम्रो शर्तलाई उनीहरुले स्वीकार गरेको, हाम्रो हित स्वीकार गरेको अवस्थामा शुलभ व्याजको ऋण लिने र अनुदान लिने कुरा विगतदेखि गर्दै आएको हो । फेरि पनि यो निरन्तर चल्छ । यसपटक हुन्छ कि हुन्दैन मैले भन्न सक्ने अवस्था छैन ।’

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend