Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस-एमाले सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिन बनेको रहेछ : अध्यक्ष लिङ्देन


१३, मंसिर २०८१
  • 127
    SHARES
  • कांग्रेस-एमाले सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिन बनेको रहेछ : अध्यक्ष लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले गठबन्धन सरकार मान्छे बेच्नेलाई जोगाउन र जोगिनका लागि बनेको भन्ने पुष्टि भएको टिप्पणी गरेका छन् ।

    स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा कीर्तिपूरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले नेता एवं कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर सरकारले जोगिन र जोगाउन कांग्रेस–एमाले मिलेको भन्ने कुरा पुष्टि गरेको बताएका हुन् ।

    ‘कांग्रेस र एमालेजस्तो पार्टी मिलेपछि देशमा के–के न होला भनेको । कांग्रेस र एमालेजस्तो पार्टी किन मिले होला ? कि यिनीहरुलाई एउटा ज्ञान आयो होला, पश्चाताप भयो होला, हिजो गर्न नसकेको महशुस भयो होला र अब हिजो जे गल्ती गरियो, गरियो अब गल्ती गर्न हुँदैन । अब धेरै मौका छैन । यो पटक चाहीँ गरेर देखाउनुपर्छ भनेर यिनीहरु जनताको लागि मिले होलान् भनेर आशा गरेको त एकले अर्कोको भ्रष्टाचार जोगाउनका लागि मिलेका रहेछन् ।’ उनले भने, ‘एकले अर्कोलाई संरक्षण गर्नका लागि यिनीहरु मिलेका रहेछन् भन्ने कुरा अहिले भटाभट देखिएको छ । कोशी प्रदेशका एउटा मन्त्री जापान मान्छे लाने गल्लावाल भएर गएको थियो । एमालेको नेता पक्राउ परेर कारबाही अगाडि बढायो, गर्छ कि त क्या हो भनेको त उसलाई त कारबाही गर्न मिल्दैन भनेर चोख्याइदियो । अहिले सत्ता गठबन्धन त्यस्तो कुराको लागि गरेको रहेछ ।’

    साथै, वर्तमान सरकारले कांग्रेस नेता, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंह वैद्यदेखि नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर बेच्नेसम्मलाई जोगाएको र चोख्याएको उनको आरोप छ । ‘कांग्रेस नेताको दिदी बाल संगठनको जग्गा एक सय वर्षका लागि कौडीको मोलमा लिजमा दिएको कारबाही गर्नुको सट्टा अहिले चोख्याउनका लागि एमाले–कांग्रेसको गठबन्धन गरेको रहेछ । नेपाली जनतालाई भुटानी शरनार्थी बनाएर बेच्नेहरु चोखिन र जोगिनका लागि यो गठबन्धन गरेको रहेछ,’– उनले भने ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend