काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।
प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छन् जसमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन् । उनी मंसिर २० गते स्वदेश फर्किने कार्यतालिका छ ।
आफ्नो चीन भ्रमणको तयारीको लागि प्रधानमन्त्री ओलीले हिजो नै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई चीन पठाएका थिए । राणा बिहिबार नै चीनको छेन्दुमा पुगेकी छिन् ।