Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनतालाई बीआरआईको ऋण बोकाउने अधिकार केपी ओलीलाई छैन : नेता भण्डारी


१४, मंसिर २०८१
  • 99
    SHARES
  • जनतालाई बीआरआईको ऋण बोकाउने अधिकार केपी ओलीलाई छैन : नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले जनतालाई चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण बोकाउने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरहेको बताएका छन् ।

    आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआई परियोजना ऋणमा लिने सहमति गर्न नसकिने बताएका हुन् ।

    उनले अहिले राज्यलाई ऋणको भार २५ खर्ब रहेको बताउँदै अब यो भन्दा धेरै ऋण धान्न नसकिने बताए । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुँदै नहुने ऋण जनतालाई बोकाउने र हुँदै नहुने योजना ल्याउने जस्ता सम्झौता गर्न नहुने बताए । नेपाल भैरहवा र पोखराको एयरपोर्टको ऋणबाटै फसिसकेको उनको टिप्पणी छ ।

    ‘ऋण बोकाउने आधिकार तिनलाई कहाँबाट छ ? तिनी को हुन् ? शेरबहादुर देउवा, केपी ओलीले के भन्नुहुन्छ भन्ने कुरा होईन । मुलुकको जनतालाई के आश्यक्ता छ ? मुलुकले थाम्न सक्छ कि सक्दैन भन्ने हो,’– नेता भण्डारीले भने, ‘हामी अब ऋण तिर्नै सक्दैनौं । २५ खर्ब ऋण छ । पूर्व प्रधानमन्त्रीहरु बोलेको तपाईँ देख्नुहुन्छ नि, उनैले हो नि यो मुलुक बिगारेको ।’ 

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend