Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देउवा, ओली, प्रचण्डलगायतले देश बर्बाद बनाए, यिनीहरु बाहिर बस्न नसक्ने अवस्था बनाउनुपर्छ : नेता भण्डारी


१४, मंसिर २०८१
  • 139
    SHARES
  • देउवा, ओली, प्रचण्डलगायतले देश बर्बाद बनाए, यिनीहरु बाहिर बस्न नसक्ने अवस्था बनाउनुपर्छ : नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले पूर्व प्रधानमन्त्रीहरुले देश बर्बाद बनाएको टिप्पणी गरेका छन् ।

    आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्व प्रधानमन्त्रीहरुको काम केही नगर्ने र ठूला कुरामात्रै गर्ने बानीले देश बर्बाद भएको बताएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भलाई लिएर चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) का बारेमा पूर्व प्रधानमन्त्रीहरु धेरै नै बोलिरहेको बताउँदै उनले यसरी बहस हुनु आवश्यक नरहेको बताए ।

    डा.भण्डारीले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराईलगायतलाई लक्षित गर्दै यिनीहरुलाई जनताले बाहिर बस्न नसक्ने अवस्था गराउनुपर्ने बताए ।

    ‘धेरै कुरा गर्नुहुन्छ नि पूर्व प्रधानमन्त्रीहरु । उहाँहरुलाई समातेर लगेर, यो मुलुकको बर्बादी गरेको उहाँहरुले हो । उहाँहरुलाई समाएर बाहिर बस्न नसक्ने अवस्था गराएपछि थाहा हुन्छ,’– उनले भने ।

    प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुमा मुलुकलाई ५ वर्षमा कहाँ पुर्याउने भन्ने इच्छाशक्ति आजसम्म नदेखिएको उनको टिप्पणी छ ।

    प्रधानमन्त्री ओलीको चीन भ्रमण दलमा रहेकाहरुको बारेमा टिप्पणी गर्दै उनले मुलुक अहिले ८७ जना लिएर जान सक्ने अवस्थामा पुगि नसकेको बताए । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा बनाएको समूह गलत रहेको उनको भनाई छ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend