Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


१४, मंसिर २०८१
  • 127
    SHARES
  • आचारसंहिता उल्लङ्घन गर्ने ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीत गतिविधि गर्ने ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

    आयोग स्रोतका अनुसार गएराति आयोगको टोलीले गरेको अनुगमनका क्रममा उनीहरूले आचारसंहिता विपरीत चुनावी गतिविधि गरेको पाइएपछि स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएका उम्मेदवारहरू कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगर वडा नम्बर १६ का रहेका छन् ।

    स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा कीर्तिपुरका राजमान महर्जन, मीनबहादुर मानन्धर,शिव शरण महर्जन, सम शाक्य, रोजिना श्रेष्ठ र पशुपति कठायत रहेका छन् ।

    राजमान महर्जन कीर्तिपुर नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हुन् भने शिव शरण महर्जन माओवादी केन्द्रबाट कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार हुन् । त्यसैगरी मीन बहादुर मानन्धर काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बाट नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार हुन् ।

    पशुपति कठायत, सम शाक्य पनि कामपा १६ का स्वतन्त्र उम्मेदवार हुन् । त्यस्तै रोजिना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ महानगर पालिका वडा नम्बर १६ का उम्मेदवार हुन् ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend