Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान


१७, मंसिर २०८१
  • 105
    SHARES
  • प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।

    चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् ।

    प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण गर्ने सरकारी र निजी क्षेत्रका गरी ७९ जना रहेका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नेछन् ।

    त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नेछन् ।

    मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन् भने बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्सिर १८ गते नै सङ्ग्रहालय भ्रमण गरेर ओली मङ्सिर २० गते स्वदेश फर्कने छन् ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend