रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले पार्टीलाई कमजोर बनाउन खोजिएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिकाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै सोमबार गृह जिल्ला रोल्पा पुगेका पुनले सो कुरा बताएका हुन् । आइतबार मात्र सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले ६ वटा वडामा विजयी हुन सफल भएको बताए ।
कांग्रेसले २०७९ मा जितेको १८ वडा अध्यक्ष मध्ये उपनिर्वाचनमा १६ वटा वडा अध्यक्ष जित्न सफल भएको र २०७९ मा नेकपा एमालेले ८ वटा वडा जितेकोमा उपनिर्वाचनमा ५ वटा वडा अध्यक्ष जित्न सफल भएकोले कांग्रेसले २ वटा वडा र नेकपा एमालेले ३ वटा वडा अध्यक्षमा प्राजित भएको बताए ।
नेकपा माओवादी केन्द्रले २०७९ र अहिले एउटा गाउँपालिका अध्यक्ष, दुई वटा गाउँपालिका उपाध्यक्ष र ६ वटा वडामा वडाध्यक्ष जित प्राप्त गरेकोले नेकपा माओवादी केन्द्र ठिक ठाउँमा रहेको पुष्टि गरेको बताए । नेकपा माओवादी केन्द्रको आधार ईलाका रोल्पा रुकुम लालकिल्लामा माओवादी केन्द्र उपनिर्वाचनमा पनि प्राजित र किल्ला ढल्यो भनेर नेपालका ठुला राष्ट्रिय मिडिया हेडलाईन बनाएर माओवादी केन्द्रलाई कम्जोर पार्न खोजेको बताए ।
मैले समाचारहरु हेर्दै आएको छु,उपनिर्वाचन मत परिणाम त्यहाँ मैले के पाएको छु भन्दा नेकपा माओवादी केन्द्रको वडा अध्यक्ष नेपाली कांग्रेसले खोस्यो,नेकपा एमालेले खोस्यो भनेर लेखेको पाँए,नेकपा माओवादी केन्द्रले जितेकोमा माओवादी केन्द्रले जित्यो मात्र लेखिएको छ भने नेपाली कांग्रेस र नेकपा एमालेबाट माओवादी केन्द्रले खोस्यो भनिएको छैन,यो मिडियाको पूर्वाग्रही हो-पुनले भने ।
रोल्पा रुकुममा नेकपा माओवादी केन्द्रले वडा अध्यक्षमा पराजित हुँदैमा कमजोर भएको मान्न नसकिने समेत जिकिर गरे । आफू अर्थ मन्त्री हुँदा रोल्पामा धेरै योजना र बजेट व्यवस्था गरेको र अहिले नेपाली कांग्रेस र नेकपा एमालेले हामीले गरेको भन्ने गरेको समेत बताए ।
विकासमा सबैको साँझा दृष्टिकोण हुने भएकोले सबै मिलेर विकास गर्नु राम्रो पक्ष हो तर अरुले गरेको लाई मैले गरेको हो भनेर भ्रम नछरौं र नेतृत्वले सहि लाई सहि र गलतलाई गलत भन्न सक्नुपर्ने धारणा समेत व्यक्त गरे ।