Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनसरीमा एमालेका २१३ जनाले गरे पार्टी परित्यागको घोषणा


२०, मंसिर २०८१
  • 109
    SHARES
  • सुनसरीमा एमालेका २१३ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा एमाले सुनसरीमा किचलो सुरु भएको छ ।

    गत निर्वाचनमा जितेको गढी गाउँपालिका ६ को वडाध्यक्षमा शर्मानाक हार ब्यहोरेपछि नेताहरुबीच आरोप-प्रत्यारोप सुरु भएको हो ।

    नेताहरुबीच आरोप-प्रत्यारोप चलिरहँदा गढी गाउँपालिका ६ का वडा कमिटी अध्यक्षसहित २१३ जनाले बुधबार सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेपछि विवाद सतहमा आएको हो ।

    एमाले गढी गाउँपालिका ६ नं वडा कमिटीका अध्यक्ष चितनारायण खेरवारले बुधबार एक विज्ञप्ति जारी गर्दै सुनसरी ३ बाट निर्वाचित संघीय सांसद भगवती चौधरीको हैकमबादी प्रवृत्ति र कोशी प्रदेश सभा सदस्य रामदेव यादव र चौधरीको कारण वडामा पराजय ब्यहोरेको भन्दै सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    एमालेले उपनिर्वाचनमा सन्तु उराँवलाई उम्मेदवार बनाएको थियो, भने प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय सदस्यसमेत रहेकी पूर्वमन्त्री चौधरीलाई निर्वाचन परिचालन मूल समितिको संयोजक बनाईएको थियो । कोशी प्रदेशका सांसद रामदेव यादबलाई सह संयोजक तोकेको थियो । तर, सांसद चौधरीले हैकमबादी प्रवृत्ति देखाएको र यादवले नेपाली कांग्रेससँग पैसा खाएर एमालेलाई चुनाव हराएको खेरवारले आरोप लगाएका छन् ।

    ‘कमरेड रामदेव यादवले नेपाली काँग्रेसका तप्पन दाससँगको आर्थिक लेनदेनको हल्ला हात्तिमुडामा चल्नु र पालीका उपाध्यक्ष अनिता साहले जातीको आधारमा काँग्रेसका उमेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै हाम्रो उमेदवारको पराजयको मुख्य कारण बनेको छ’ विज्ञप्तिमा भनिएको छ ‘यसर्थ निर्वाचनमा पार्टी भित्र नेतृत्व र कार्यकर्ताले गरेको अन्तर्घातको सत्य तथ्य पत्ता लगाउन जिल्ला पार्टीले निर्मम भएर छानबिन गर्ने नै छ ।

    यस्तो परिस्थितिमा पार्टीको वडा कमिटीले यस क्षेत्रको सांसद भगवती चौधरीको हैकमबादी तथा सामन्ती दासत्व प्रवृत्ति स्वीकार्न असमर्थ छौं भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहीत २१३ जनाले पार्टीको कुनै पनि जिम्मेवारीमा न रहने गरी आजै को मिति २०८१-०८-१९ गते बाट पार्टीको साधारण सदस्य समेत न रहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछौ’ ।

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend