Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेप्रति मेरो सधैं सद्भाव छ, उहाँलाई प्रतिशोधपूर्ण व्यवहार गरियो : डा.भट्टराई


२१, मंसिर २०८१
  • 107
    SHARES
  • रवि लामिछानेप्रति मेरो सधैं सद्भाव छ, उहाँलाई प्रतिशोधपूर्ण व्यवहार गरियो : डा.भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् ।

    उनले लामिछानेलाई राज्यले प्रतिशोधपूर्ण व्यवहार निकालेको प्रतिक्रिया दिएका छन् । उनले रवि लामिछानेप्रति आफ्नो सधैं सद्भाव नै रहेको पनि विश्वास दिलाए ।

    कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेर निस्किएका भट्टराईलाई पत्रकारले हिम्मतका साथ भेट्न आउनुभयो नि भन्ने प्रश्न राखेका थिए । प्रश्न खस्न नपाउँदै भट्टराईले जवाफ फर्काए–‘हिम्मत त के हामी सधैं व्यवस्थाविरुद्ध विद्रोह गर्दै आएका मान्छे हौं ।

    हिजो पञ्चायतसँग लडियो, बहुदलीयकालमा लडियो । पछि यता आएपछि प्रचण्डजीको गणतन्त्रसँगपनि लडियो । हिम्मत त हाम्रो सधैं छ । रविजीलाई मैले नयाँ शक्ति अभियान सुरु गरेपछि जुन राजनीतिक शक्ति उदयी भैरहेको छ, तीमध्ये एउटा सशक्त धारको नेतृत्व गर्ने नेताको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ ।

    तर अहिले उहाँप्रति जुन ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भैरहेको छ, यो अलिक अस्वभाविक भयो भनेर नै म एक्येबद्धता जनाउन यहाँ आएको हुँ । उहाँको स्वास्थ्य पनि बुझ्नपनि आएको हुँ, उहाँ स्वस्थ नै हुनुहुन्छ । उहाँलाई यो चाहीँ अलिक प्रतिशोधपूर्ण नै भयो भन्ने बुझ्छु ।’

     

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend