Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनताको निराशालाई सञ्चारले जगाउनुपर्छः सांसद घिमिरे


६, पुस २०८१
  • 161
    SHARES
  • जनताको निराशालाई सञ्चारले जगाउनुपर्छः सांसद घिमिरे


    अर्घाखाँची । लुम्बिीनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले अहिले मुलुकका सबै क्षेत्रमा निराशा बढि भएकोले आशाको सञ्चार गर्नुपर्नेमा जोड दिनुभएको छ । मिडियाको दुरुपयोग र राजनितिक वितृष्णाले नागरिक तहमा निराशा बढेर गएको,सबै क्षेत्रमा निराशा मात्रै देखिंदा विभिन्न सामाजिक दुर्घटनाहरु समेत
    भइरहेको प्रदेश सांसद घिमिरेको भनाई छ ।

    प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वाधार विकास समितिका सभापति समेत रहेका  घिमिरेले यस्तो बताउनुभएको हो । राजनिति र सरकारले मिडियाको दुरुपयोग गर्न खोजेपनि पत्रकार र मिडिया बफदार रुपमा प्रस्तुत हुनुपर्नेमा उहाँको जोड छ ।

    सबैतिर निराशा र नकरात्मकता हाबी हँुदा मुलुकका उपलब्धि गुम्ने खतरा बढ्ने भन्दै उहाँले सकरात्मक सोंचको सञ्चार पैदा गर्नुपर्ने खाँचो औल्याउनुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न आयोजित साक्षात्कारमा बोल्दै प्रदेश सांसद घिमिरेले संचार क्षेत्रले जिम्मेवार भूमिका निर्बाह गर्न र सकरात्मक सन्देश दिन चुक्न नहुने तर्क गर्नुभएको छ ।

    एमाले कांग्रेस मिलेर बनेको अहिलेको सरकारले जनतामा आशा पलाएको दाबी गर्दै प्रदेश सांसद घिमिरेले अर्घाखाँचीको ठाडामा इलाका प्रशासन कार्यालय स्थापनाको पहल भइरहेको पनि बताउनुभएको छ । प्रसाद खनाल मुस्कानले अहिलेको सरकार आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गर्नुभएको छ । राजनितिक स्थायीत्व र मुलुकको विकासमा गति दिन बनेको सरकार आज ढल्छ, भोली ढल्छ भन्ने भ्रम फैलाएको भन्दै लुम्बिनी प्रदेशका राजनीति संयन्त्र सदस्य समेत रहेका नेता खनालले सरकार निर्वाचनसम्म यथावत रहने जिकिर गर्नुभयो । सञ्चारकर्मी निष्पक्ष निर्भकता साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

    कार्यक्रममा रास्वपा जिल्ला सभापति हरी प्रसाद भुसाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल, पूर्व केन्द्रिय सदस्य राधा नेपाली लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँहरुले समाजिक सन्जालको दुरुपयोगले मिडिया र प्रेस जगतमा चुनौति थपेको बताउनुभएको छ । खोजपत्रकारिता र आवाज विहिनका आवाज मुखरित गर्न पत्रकारका कलम चलायमान हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता भएको कार्यक्रम र पत्रकार विरेन्द्र केसीले संचालन गरेका थिए ।

    FB_IMG_1734439877939-1.jpg
    FB_IMG_1734439871203-1.jpg
    FB_IMG_1734439907873-1.jpg

    IMG20241217155802.jpg

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend