काठमाडौं । लामो समयदेखी अमेरिकामा बस्दै आएका गीतकार रमेश लुईटेलको "माया धोका" भन्ने बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठ को अभिनय देख्न पाईन्छ ।
प्रहिल कार्कीको निर्देशन रहेको गीतमा प्रेम र धोका देखाउन खोजिएको छ । गीतमा सिडी विजय अधिकारीको स्वर तथा संगीत रहेको छ । नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक भएको गीतमा उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन गरेका छन् ।
परदेशमा रहेर नेपाली गीत लेखनमा सक्रिय लुईटेलले यस अगाडि पनि थुप्रै गीत बाहिरमा ल्याईसकेका छन् ।