काठमाडौं । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएकाहरुको पदस्थापन भएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै उनीहरुको पदस्थापन गरेको जानकारी गराएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा मनोहरप्रसाद भट्टले काज सरुवा पाउँदा कूलदीप चन्द काठमाडौं प्रहरी प्रहरी परिसरमा काजमा आएका छन् ।
प्रहरी उपरीक्षकहरू कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नबिन कृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेबे, सुर्य बहादुर खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई, शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागांई, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नबिन कार्की, श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगम बहादुर कुँवर एसपीएमा बढुवा भएका थिए ।
यस्तो छ पदस्थापन भएका एसपीको सूची :




