Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महाशिवरात्रि विशेष तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति शो पायो ?


१३, फागुन २०८१
  • 181
    SHARES
  • महाशिवरात्रि विशेष तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति शो पायो ?

    काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ प्रदर्शनमा आउन लागेको तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलहरुले अग्रिम बुकिङ खुलाएका हुन् ।

    तीन मध्ये कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’लाई देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभर ६६ शो दिएको छ । क्युएफएक्सले यो फिल्मलाई काठमाडौँ भित्र मात्र २८ शो दिएको छ ।

    त्यस्तै, निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’लाई क्युएफएक्सले देशभरका हलमा ५१ शो दिएको छ । काठमाडौँ मात्र २४ शो पाएको छ ।

    क्युएफएक्सले सबै भन्दा कम शो दीवाकर भट्टराई निर्देशित ‘मायावी’लाई दिएको छ । क्युएफएक्सले ‘मायावी’लाई देशभर ४२ शो दिएको छ । फिल्मले क्युएफएक्सअन्तर्गत काठमाडौँमा २० शो पाएको छ । त्यस्तै, बिग मुभिजले ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ लाई ५/५ शो दिएको छ, भने ‘मायावी’ ले ३ शो पाएको छ ।

    ‘लाज शरणम्’ सिरियल सक्किगोनी टिमले बनाएको फिल्म हो । फिल्ममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ ।

    त्यस्तै ‘फेरि रेशम फिलीली’मा विजय श्रेष्ठ, सुपुष्पा भट्टसहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा लगायतको मुख्य भूमिका छ ।

    अर्को फिल्म ‘मायावी’मा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायत मुख्य भूमिकामा छन् । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend