Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित


४, चैत २०८१
  • 158
    SHARES
  • हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

    काठमाडौँ । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् ।

    हालै थिमी नगरपालिकामा आयोजित ‘एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनलाई शो सम्मान दिइएको हो ।

    प्रथम महिला श्रीमती राधिका शाक्य, आयोजक एपिक नेपालका अध्यक्ष एमन श्रेष्ठ, सांसद महेश बस्नेत लगायतले उनलाई खादा, माला, नगदसहित सम्मान पत्रले सम्मानित गरे ।

    म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्धन्द निर्देशक राजेन्द्र खड्गीलगायतका व्यक्तिहरू उपस्थित कार्यक्रम ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना भएको थियो ।

    कार्यक्रममा आधुनिक, पप, लोक पप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरी ४० विधामा अवार्ड बाँडिएको थियो । ऋषि धमला र ऋषि थपलियालाई समेत सम्मान गरिएको कार्यक्रममा गीतकार भीष्मराज फुलारा, भुवन केसी, पल शाह, अंशु बर्मा, तारालाल धरेल, प्रवीण आचार्य, रमेश सेन्चुरी, सिर्जना अधिकारी लगायत समेत सम्मानित भएका थिए ।

    कार्यक्रममा गायक अमृत खाती, गीतकार सुमन वैरागी, सङ्गीतकार रमेश परियार, मोडल विमल अधिकारी, अस्मिता पुरी निर्देशक मिलन श्रेष्ठलगायतले थुप्रै व्यक्तिहरूले अवार्ड पाएका थिए ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend