Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘के घर के डेरा : घर नं २’ को अग्रिम बुकिङ खुला, कति पायो शो ?


३१, वैशाख २०८२
  • 179
    SHARES
  • ‘के घर के डेरा : घर नं २’ को अग्रिम बुकिङ खुला, कति पायो शो ?

    काठमाडौँ । ‘के घर के डेरा : घर नं २’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ खुला भएको छ । बुकिङमा फिल्मले उच्च शो पाएको छ ।

    फिल्मले देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँमा २५ शो र काठमाडौँ उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा भने ४७ शो पाएको छ ।

    आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले ४ शो उपलब्ध गराएको छ । यो बुकिङको आधारमा घटबढ हुन सक्छ ।

    फिल्मका वितरक करण श्रेष्ठले केही हलहरूले अझै शो खोल्ने बाँकी रहेको जानकारी दिए । उनका अनुसार बिहिबार बिहानसम्ममा देशभरका हलहरूको शो राख्नेछन् ।

    दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ले राम्रो हाइप बनाएको कारण व्यापार राम्रो गर्ने निर्माणपक्षको विश्वास छ ।

    खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् ।

    एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की र निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

    फिल्मले घर र डेराको कथा भन्छ । घर नहुनेहरूले घर बनाउन देख्ने सपना र घर हुनेहरूको दुःख फिल्मले उठाएको छ । फिल्मको आज बुधबार साँझ काठमाडौमा प्रिमियर हुँदैछ । जसमा राजनीतिक नेता, समाजसेवी, फिल्मकर्मी र रंगपत्रकारले फिल्म हेर्नेछन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend