Logo

Oct 01 2026 | २०८३, असोज १५गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति


२, जेठ २०८२
  • 84
    SHARES
  • निजामती कर्मचारी विधेयकमा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति

    काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ ।

    आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघका निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको हो ।

    आज समितिको बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले कुलिङ पिरियड दुई वर्ष राख्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव आफूहरूको माग बमोजिम आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लेखकलाई धन्यवाद दिएका थिए । 

    त्यसपछि यो विषयमा सहमति जुटेको समिति सदस्य सरिता प्रसाईले जानकारी दिइन् । ‘कुलिङ पिरियड दुई वर्ष राख्ने विषयमा सहमति भएको छ । अवकाशको उमेर ६० वर्ष पुर्‍याएर कार्यान्वयन विधिमा छलफल भइरहेको छ आज टुंग्याउने गरी छलफल भइरहेको छ,’ प्रसाईले रातोपाटीसँग भनिन् । 

    विधेयकको बुँदा नम्बर ४१ मा रहेको ‘कुलिङ पिरियड’बारे कांग्रेस र एमालेका सांसदबिचमै मतैक्यता थिएन । दुई वर्ष राख्ने कि एक वर्ष राख्ने भन्नेमा उनीहरू विभाजित थिए । कांग्रेस दुई वर्ष राख्नुपर्ने र एमाले एक वर्ष राख्नुपर्नेमा थिए । 

    सरकारले यसबारे केही बोलेको थिएन । आज गृहमन्त्री लेखकले समितिको बैठकमा दुई वर्ष राखेर जाँदा उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको बताएका थिए । त्यसपछि सहमति जुटेको नेताहरू बताउँछन् ।

     

  • पुष्पा भुसालप्रति बढ्दो समर्थन, उपसभापतिमा निर्विरोध निरन्तरताको बलियो सन्देश

    काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय उपसभापति पुष्पा भुसालप्रति पार्टीभित्रको समर्थन थप

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend