काठमाडौं । नव–मोडल अनिता खड्काको अभिनयमा सजिएको लोक–आधुनिक गीत ‘रातको सपनी’ हालै सार्वजनिक भएको छ। गायक महेश सुनाम र बाल गायिका पूजा देवकोटाको सुमधुर स्वरमा सजिएको यो गीत कार्की अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
रामेछापको नमाडीमा जन्मिएकी अनिता खड्काले यही गीतमार्फत अभिनय यात्रा सुरु गरेकी हुन्। अभिनयमा उनको आत्मविश्वास, स्वाभाविक हाउभाउ र भावनात्मक अभिव्यक्तिले धेरैको ध्यान खिच्न सफल भएको छ। छोटो समयमा नै उनको डेब्युलाई दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।
गीतको शब्द विनोद कार्कीले लेखेका हुन् भने संगीत सुवास खड्काले भरेका छन्। एरेञ्ज रामकृष्ण थापाले गरेका छन्, छायांकन राजकुमार गिरीको रहेको छ र निर्देशन पनि विनोद कार्कीले नै गरेका हुन्। भिडियोलाई भावनात्मक रूपमा सशक्त बनाउने कार्यमा अनिताको अभिनयको महत्वपूर्ण योगदान देखिएको छ।
भिडियोमा अनिता खड्कासँगै सञ्जीव मगर, एलिजा कार्की, अनिता पौडेल, अस्मिता रोका, किरण साह र स्वयं विनोद कार्कीको अभिनय पनि रहेको छ। यद्यपि अनिताको प्रस्तुति दर्शकको मन जित्नमा सफल भएको छ।
'रातको सपनी' सँगै अनिता खड्काले अभिनय क्षेत्रमा नयाँ यात्रा सुरु गरेकी छन्, जुन भविष्यमा अझ उज्यालो बन्ने विश्वास गरिएको छ।