Logo

Oct 02 2026 | २०८३, असोज १६गते

लोकप्रिय

लोकप्रिय

गठबन्धनको निरन्तरता अपरिहार्य: गृहमन्त्री लेखक


१८, असार २०८२
  • 160
    SHARES
  • गठबन्धनको निरन्तरता अपरिहार्य: गृहमन्त्री लेखक

    बैतडी । गृहमन्त्री रमेश लेखकले बुधबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा नेकपा (एमाले) र कांग्रेसबीचको गठबन्धन सन् २०८४ को चुनावसम्म निरन्तरता दिनुपर्ने औँल्याउनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार एक वर्ष पुरा हुँदै गर्दा लेखकले आगामी एक वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको जिम्मा सम्हाल्ने समय आउँने बताए। “८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ,” उहाँले जोड दिनुभयो ।

    गृहमन्त्री लेखकले मुलुकमा कांग्रेस र एमालेको गठबन्धन एकमात्र विकल्प भएको र त्यसलाई निरन्तरता दिन वर्तमान सरकारको प्रत्येक गतिविधि, कार्यक्रम र काम कारबाहीसमेत यस अनुरूप अघि बढ्नुपर्ने बताउनुभयो। साथै उहाँले आफूमाथि राजनीतिक षड्यन्त्र खेलेर कमजोरी र आरोप लगाउने प्रयास भइरहेको बताउँदै, “एउटा कार्यालयका कर्मचारीमाथि छानबिन गर्दा मन्त्रीलाई नै जोड्नुको नियत स्पष्ट छ,” भन्नुभएको छ ।

    उहाँले सुदूरपश्चिमको विकासका लागि सरकारले उच्चस्तरीय समन्वय र समितिमार्फत अध्यागमनसम्बन्धी समस्या समाधानमा जुटिरहेको जानकारी दिनुभयो ।

  • रुपन्देही-२ मा चुन्नप्रसाद शर्मा पौडेललाई सर्वाधिक मत

    रुपन्देही । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी आन्तरिक निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियामा रुपन्देही निर्वाचन

  • “परिवर्तनको संवाहक” अमरसिंह पुन : कांग्रेस महामन्त्रीमा किन उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय महामन्त्री

  • लोकप्रिय मतसहित निर्वाचित निर्मला क्षेत्रीको प्रतिबद्धता : “एक-एक मतको सम्मान कर्मबाट गर्नेछु”

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित नेपाली कांग्रेस

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend