Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

नागढुंगा–सिस्नेखोला सुरुङमा नियम मिच्ने २८४ चालक कारबाहीमा


१६, असोज २०८३
  • 66
    SHARES
  • नागढुंगा–सिस्नेखोला सुरुङमा नियम मिच्ने २८४ चालक कारबाहीमा

    काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ मार्गमा ट्राफिक नियम उल्लंघन गर्ने २८४ जना सवारी चालक कारबाहीमा परेका छन् । सुरुङभित्र लेन अनुशासन उल्लंघन गर्ने, तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा सवारी आवागमनमा अवरोध पुर्‍याउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङ मार्ग सञ्चालनमा आएदेखि नै नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई निगरानीमा राख्दै आवश्यक कारबाही गरिँदै आएको छ । सुरुङभित्र सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । यसबारे सुरुङ मार्गमै सूचना तथा संकेत बोर्ड राखेर चालकलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।

    प्रवक्ता सुवेदीका अनुसार तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने चालकलाई समेत नियमअनुसार कारबाही गरिएको छ । सुरुङभित्रको सीमित स्थान र विशेष प्रकृतिको सडक संरचनाका कारण सामान्य सडकको तुलनामा थप सावधानी अपनाउन प्रहरीले चालकलाई आग्रह गरेको छ ।

    प्रहरीले सुरुङभित्र लेन अनुशासन कायम राख्न, निर्धारित गतिमा मात्र सवारी चलाउन, अनावश्यक हर्न प्रयोग नगर्न र ओभरटेक गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    बिहीबार मात्रै सुरुङ मार्गभित्र ट्राफिक नियम उल्लंघन गरेको आरोपमा थप १३ जना चालक कारबाहीमा परेका छन् । प्रहरीले सुरुङ मार्गमा दुर्घटनाको जोखिम कम गर्न नियमित निगरानी र नियम उल्लंघन गर्ने चालकविरुद्ध कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend