Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले दलसँग छलफल गर्दै


१६, असोज २०८३
  • 72
    SHARES
  • विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन निर्वाचन आयोगले दलसँग छलफल गर्दै

    काठमाडौं । विदेशमा रहेका नेपाली नागरिक तथा अन्तरजिल्लाबाट मतदान गर्न पाउने व्यवस्था गर्ने विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल थालेको छ ।

    आयोगले यस विषयमा राजनीतिक सहमति जुटाउने उद्देश्यले शुक्रबार केन्द्रीय कार्यालयमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्दैछ । छलफलमा ४० भन्दा बढी राजनीतिक दलका प्रतिनिधि सहभागी हुने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

    बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्ने तथा एक जिल्लाबाट अर्को जिल्लामा रहेका मतदाताले मतदान गर्न पाउने व्यवस्थाका विषयमा छलफल हुनेछ । साथै निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग लगायतका विषयमा पनि दलहरूसँग सुझाव लिने आयोगले जनाएको छ ।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४७ अनुसार आयोगले राजनीतिक दलहरूसँग परामर्श गर्न लागेको हो । निर्वाचनसम्बन्धी कानुनी तथा व्यवस्थापकीय सुधारका लागि दलहरूको धारणा लिने उद्देश्यले छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।

    विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने तथा अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने माग लामो समयदेखि उठ्दै आएको छ । तर, आवश्यक कानुनी व्यवस्था, मतदाता पहिचान, मतदानको व्यवस्थापन तथा प्रविधिको प्रयोगलगायतका विषयमा चुनौती रहेकाले यस्तो व्यवस्था कार्यान्वयन हुन सकेको छैन ।

    आयोगले यससम्बन्धी एकीकृत कानुनको मस्यौदा तयार गरी गृह मन्त्रालयमा पठाएको लामो समय भए पनि त्यससम्बन्धी प्रक्रिया अघि बढ्न सकेको छैन । राजनीतिक दलहरूसँगको छलफलपछि कानुनी तथा व्यवस्थापकीय प्रक्रियालाई अगाडि बढाउने विषयमा आयोगले थप पहल गर्ने अपेक्षा गरिएको छ ।

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend