Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कोहलपुर मेडिकल कलेजमा पुनः सञ्चालनमा आयो आमा सुरक्षा कार्यक्रम, नवजात शिशुको उपचार पनि समेटियो


१६, असोज २०८३
  • 79
    SHARES
  • कोहलपुर मेडिकल कलेजमा पुनः सञ्चालनमा आयो आमा सुरक्षा कार्यक्रम, नवजात शिशुको उपचार पनि समेटियो

    बाँके । करिब एक वर्षदेखि रोकिएको आमा सुरक्षा तथा नवजात शिशु कार्यक्रम कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पुनः सञ्चालनमा आएको छ । कार्यक्रम पुनः सुरु भएसँगै कोहलपुर र आसपासका आर्थिक रूपमा विपन्न गर्भवती तथा नवजात शिशुले प्रसूति र उपचार सेवामा सहज पहुँच पाउने भएका छन् ।

    कोहलपुर नगरपालिका र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालबीच कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएपछि सेवा पुनः सुरु गरिएको हो । यसपटक आमा सुरक्षा कार्यक्रमसँगै नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेटिएको कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुवेदीले जानकारी दिइन् ।

    यसअघि नवजात शिशु सुरक्षा कार्यक्रमसमेत समेट्न नगरपालिकाले आग्रह गरे पनि सहमति हुन नसक्दा गत वर्ष अस्पतालमा आमा सुरक्षा कार्यक्रम नै बन्द भएको थियो । कार्यक्रम बन्द हुँदा कोहलपुर तथा आसपासका क्षेत्रका सयौँ महिला र नवजात शिशुले उपचार सेवामा समस्या भोग्नुपरेको नगरपालिकाले जनाएको छ ।

    कार्यक्रम पुनः सञ्चालनमा आएपछि आर्थिक अभावका कारण गर्भवती तथा सुत्केरीले आवश्यक स्वास्थ्य सेवा नपाउने अवस्था कम हुने नगर उपप्रमुख सुवेदीले बताइन् । विशेषगरी विपन्न परिवारका महिला र नवजात शिशुका लागि कार्यक्रमले राहत पुग्ने उनको भनाइ छ ।

    कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार नेपाल सरकारको निर्धारित मापदण्डअनुसार नेपालगन्ज मेडिकल कलेजसँग सम्झौता गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

    नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्रा. डा. रेशमबहादुर रानाले सम्झौता कोहलपुर नगरपालिकासँग भए पनि कार्यक्रमअन्तर्गत देशभरबाट आउने गर्भवती तथा नवजात शिशुले सेवा लिन सक्ने बताए । नवजात शिशुलाई आवश्यक उपचार तथा सुविधा उपलब्ध गराउन अस्पतालले व्यवस्थापन गरेकाले यसपटक नवजात शिशु उपचार सेवासमेत कार्यक्रमअन्तर्गत समेटिएको उनले जानकारी दिए ।

    कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरी र नेपालगन्ज मेडिकल कलेजका निर्देशक प्रा. डा. रानाले हस्ताक्षर गरेका छन् ।

  • पहिरो हटाएपछि कालीगण्डकी करिडोर पुनः सञ्चालनमा

    गुल्मी । वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ। करिडोरअन्तर्गत

  • महाकालीमाथिको झोलुङ्गे पुल भाँचियो, दोधारा–भीमदत्त आवागमन अवरुद्ध

    कञ्चनपुर । महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend