Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जाने भए जाम माया गीतले तोड्यो भ्युजको कीर्तिमान, युट्युब ट्रेन्डिङमा नम्बर १


२८, असार २०८२
  • 165
    SHARES
  • जाने भए जाम माया गीतले  तोड्यो भ्युजको कीर्तिमान, युट्युब ट्रेन्डिङमा नम्बर १

    काठमाडौँ । चर्चित गायक दुर्गेश थापाले युट्युबमा नयाँ उचाइ छुँदैछन् । उनको नयाँ गीत ‘जाने भए जाम माया’ बुधबार बेलुका सार्वजनिक भएसँगै शुक्रवार दिउँसोसम्म अचेलै रूपमा ३० लाखभन्दा बढी पटक हेरिएको छ। गीतले युट्युब ‘ट्रेन्डिङ’को शीर्ष स्थान तत्क्षणै ओगटेको छ।

    यस गीतमा दुर्गेश थापा र सिसन बानियाँको स्वर छ भने म्युजिक भिडियोमा गायक दुर्गेश, बानियाँ, गुराँस नानी र पेम्बा लामाले अभिनय गरेका छन्।

    गत पुस महिनामा सार्वजनिक भएको दुर्गेशको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेरै’ ले युट्युबमा १० करोड ७३ लाखभन्दा बढी भ्यूज बटुलेको थियो  । उक्त गीतलाई पाँच महिनाभित्र १० करोड भ्यूज पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए  ।

    दुर्गेश थापाका अनुसार, “भ्यूज मात्र होइन, दर्शक÷स्रोताले दिएको सम्मान सपना पूरा भएको क्षण हो ।” उनको यो सफलताले साङ्गीतिक यात्रामा नयाँ मोड आएको आभाष दिलाएको छ।

    थापाले आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यलाई निरन्तरता दिंदै देश–विदेशका मेला–महोत्सवमा सक्रिय सहभागिता जनाउने योजना बनाइरहेका छन् । युट्युबबाट पनि स्थिर आम्दानी भैरहेको र ‘दुर्गेश थापा’ च्यानलमा सस्क्राइबर संख्या १० लाख नाघेको छ ।


  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend