Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय परिचयपत्रसँगै सम्पत्ति विवरण पनि राख्नुपर्छ : प्रमुख आयुक्त राई


२८, माघ २०८२
  • 72
    SHARES
  • राष्ट्रिय परिचयपत्रसँगै सम्पत्ति विवरण पनि राख्नुपर्छ : प्रमुख आयुक्त राई

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकको एकीकृत व्यक्तिगत विवरण व्यवस्थित नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । उनले भ्रष्टाचारजन्य कसुरको अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रसेवक र नागरिकको व्यक्तिगत विवरण व्यवस्थित गर्नुपर्ने बताए ।

    आयोगको ३५औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहमा बोल्दै प्रमुख आयुक्त राईले राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणसँगै सम्पत्ति विवरण पनि राख्ने व्यवस्था शीघ्र मिलाउनुपर्ने बताए । “राष्ट्रिय परिचयपत्रमा नागरिकको व्यक्तिगत विवरणका साथै सम्पत्ति विवरण पनि राख्ने व्यवस्था शीघ्र मिलाउन आवश्यक छ,” उनले भने । 

    आयोगमा प्राप्त हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित रहेको जानकारी दिँदै राईले संघीयता संस्थागत हुन नसक्दा भ्रष्टाचार बढिरहेको बताए । अख्तियारले अनुसन्धान गर्दा विकासको बाधक भन्ने भाष्य पारिएको दुखेसो पनि राईले कार्यक्रममा पोखे । 

    समाजमा भ्रष्टाचारप्रति सहिष्णुता बढेकोमा चिन्ता व्यक्त गर्दै युवा पुस्तासँग आफ्ना अभिभावकको सम्पत्तिको स्रोत खोज्न र प्रश्न गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा उनको जोड थियो । 

    सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नुपर्ने बताउँदै उनले सरकारी जग्गा अतिक्रमण गरी स्वार्थ समूहले निजी प्रयोजनमा प्रयोग गर्ने गरेको प्रसंग पनि उनले सुनाए ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend