Logo

Oct 03 2026 | २०८३, असोज १७गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर : प्रश्न सोध्नेलाई निमन्त्रणा


६, फागुन २०८२
  • 73
    SHARES
  • कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर : प्रश्न सोध्नेलाई निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र (घोषणापत्र)मा बिहीबार (फागुन ७) अन्तरक्रिया राखेको छ ।

    सभापति गगन थापाको नेतृत्वमा बनेको प्रतिज्ञापत्रमा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कांग्रेसले अन्तरक्रिया राखेको हो । 
    अन्तरक्रियामा प्रश्न सोध्नेहरूलाई आमन्त्रण गरिएको छ । त्यसका विषयमा सभापति थापाले जवाफ दिने बताइएको छ ।

    “हामीले प्रतिज्ञापत्रमा ल्याएका १० वटा भिजनमा खुला प्रश्नोत्तर हुनेछ,” प्रवक्ता देवराज चालिसेले  भने, “आफूले ल्याएका विषयहरू कार्यान्वयन सम्भव छ कि छैन, अहिलेका आवश्यकता हुन् कि होइनन् भनेर खुला जवाफ दिने दम चाहिन्छ । कांग्रेसले खुला प्रश्नोत्तर गरेर प्रतिज्ञापत्रका विषयहरू नेपालको हितका लागि कति महत्त्वपूर्ण छन् भन्ने स्पष्ट पार्नेछ ।” 

    चालिसेले प्रतिज्ञापत्र पढेर प्रश्न सोध्न चाहनेलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा गरिएको जानकारी दिए ।

  • अब हरेक नेपालीको आफ्नै घर? संसद्मा पुग्यो नयाँ भवन ऐन: प्रधानमन्त्री

    काठमाडौं । सरकारले हरेक नेपाली नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को

  • अमेरिका पुगे अर्थमन्त्री वाग्ले, पुनर्निर्माणदेखि एफएटीएफसम्म छलफल

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त

  • अर्घाखाँचीका सडकमा गुणस्तरको प्रश्न : तीन वर्षदेखि उस्तै समस्या, डिभिजन प्रमुख भन्छन्- ‘केही कमजोरी भएको छ’

    अर्घाखाँची । अर्घाखाँचीमा सडक निर्माण तथा मर्मतका कामको गुणस्तर, गति र प्रभावकारितामाथि गम्भीर प्रश्न उठेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend