Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘लालीबजार’को नयाँ गीत ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक


११, वैशाख २०८३
  • 127
    SHARES
  • ‘लालीबजार’को नयाँ गीत ‘मै राम्री छु त नी’ को अंश सार्वजनिक

    काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो युट्युब च्यानलमार्फत गीतको झलक सार्वजनिक गरेको हो ।

    गीतमा दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरस भोकलमा रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको स्वर समावेश छ । गीतमा प्रकाश सपुतको शब्द र संगीत रहेको छ ।

    सार्वजनिक अंशमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, मुकुन्द श्रेष्ठ, जानकी कडायत लगायत फिचर्ड छन् । गीतको कोरियोग्राफी प्रदीप लामाले गरेका हुन् ।

    गीतमा नारी सुन्दरताको बयान गरिएको छ भने स्वस्तिमा खड्का केन्द्रमा देखिएकी छन् । सार्वजनिक क्लिपलाई टिकटक, फेसबुक रील्स र युट्युब शर्ट्समा समेत प्रयोग गर्न थालिएको छ ।

    गीतको पूर्ण संस्करण फिल्मसँगै वैशाख १८ गतेदेखि हलमा हेर्न पाइने निर्माण पक्षले जनाएको छ ।

    यसअघि सार्वजनिक भएको फिल्मको ट्रेलरलाई दर्शक तथा सेलिब्रेटीले राम्रो प्रतिक्रिया दिएका छन् । युट्युबमा ट्रेलर मुभी चार्टतर्फ नम्बर २ मा ट्रेन्डिङमा रहेको छ ।

    फिल्म आमा–छोरीको कथामा आधारित छ र बादी समुदायमा रहेको नाथिया जस्तो कुप्रथालाई पनि उठान गरिएको छ । स्वस्तिमा खड्का फिल्ममा आमाको भूमिकामा देखिएकी छन् ।

    षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । ‘लालीबजार’ भने यम थापाको निर्देशनमा बनेको हो भने कथा तथा पटकथा यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

    फिल्ममा विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको फिल्म बर्दियाको राजापुरमा छायांकन गरिएको हो ।

    निर्माता म्याक्स दीपेश खत्री र रवीन्द्र सिंह बानियाँ रहेका छन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । फिल्ममा प्रकाश सपुत, खेम सेन्चुरी र जयन जे वाइबाको संगीत रहेको छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend