Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेखाको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु


१, जेठ २०८३
  • 40
    SHARES
  • रेखाको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु

    काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को डबिङ सुरु भएको छ । डविङ सुरु भएको जानकारी दिँदै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि औपचारिक रूपमा घोषणा गरेको छ ।

    निर्माण पक्ष र वितरक कम्पनीहरूबीच भएको सम्झौताअनुसार चलचित्र आगामी भदौ २६ गते, तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउनेछ । चलचित्रलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

    नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले यस चलचित्रमार्फत आठ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी छन् । रेखाले पहिलोपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर चलचित्र निर्देशन गरेकी हुन् ।

    ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

    चलचित्रमा एकसाथ चार मिस नेपालको उपस्थितिले पनि विशेष चर्चा पाएको छ । सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह र उषा खड्गी फरक–फरक भूमिकामा देखिनेछन् । गत चैत्र २८ गते २८ दिनको सेड्युलमा छायांकन सम्पन्न गरिएको चलचित्र हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको छ ।

    हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको चलचित्रमा ध्रुव लम्सालको पटकथा लेखन छ । १० वर्षपछि लेखनमा फर्किएका लम्सालले प्रेमकथामार्फत सामाजिक भावना र परिवेश प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

    सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप तथा चुडामणि (सीएम) प्रोडक्सनमा रहेका छन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend