Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गीतकार–संगीतकारलाई रोयल्टी वितरण, नयाँ वेबसाइट पनि सार्वजनिक


२७, जेठ २०८३
  • 77
    SHARES
  • गीतकार–संगीतकारलाई रोयल्टी वितरण, नयाँ वेबसाइट पनि सार्वजनिक

    काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार, संगीतकार तथा स्रष्टाहरूलाई रोयल्टी रकम वितरण गरेको छ।

    समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल तथा स्वदेश–विदेशबाट संकलन भएको रोयल्टी रकम गीतकार, संगीतकार तथा स्रष्टाहरूलाई वितरण गरेको हो।

    समाजको स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्थामा सदस्यता लिएर आफ्ना गीत तथा सिर्जना दर्ता गरेका गीतकार, संगीतकार तथा स्रष्टाहरूको अनुमति प्राप्त प्रकाशकहरूलाई रोयल्टी वितरण गरिएको हो।

    समाजका अनुसार दर्ता नभएका गीत तथा स्रष्टाहरूको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टी प्राप्तिबाट वञ्चित हुने गरेका छन्। यही विषयलाई केन्द्रमा राख्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्त गर्ने प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति समेत गरिएको थियो।

    यस अवसरमा संगीत रोयल्टी संकलन समाज नेपालको नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ। संस्थाका सदस्य गीतकार तथा संगीतकारहरूले उक्त वेबसाइटमा लगइन गरी आफ्नो मोबाइल नम्बर र पासवर्डमार्फत कुन गीतबाट, कुन माध्यमबाट र कति रोयल्टी रकम संकलन भएको छ भन्ने विवरण हेर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

    समाजका अनुसार सदस्यहरूले आफूलाई अनुकूल समयमा संकलित रोयल्टी रकम सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सक्ने सुविधा पनि छिट्टै लागू गरिनेछ।

    कार्यक्रममा समाजका अध्यक्ष सुरेश अधिकारी ले कार्यालयमा उपस्थित हुन नसक्ने गीतकार तथा संगीतकारहरूले फोनमार्फत जानकारी लिनुका साथै वेबसाइटबाटै आफ्ना गीत तथा सिर्जना दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिए।

    उनले सबै स्रष्टाहरूलाई आफ्नो सिर्जना दर्ता गरी रोयल्टी प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न आग्रह गर्दै डिजिटल प्रणालीमार्फत सेवा थप सहज र पारदर्शी बनाउने लक्ष्य रहेको बताए।

     
     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend