Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन


४, असार २०८३
  • 88
    SHARES
  • रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन

    काठमाडौँ । गायक रामकृष्ण ढकाल यतिबेला सांगीतिक कार्यक्रम र आफूले निर्माण गरेको फिल्म ‘मालती मंगले’ प्रदर्शनका लागि अमेरिकामा छन् । 

    जुन ५ मा बोस्टनमा ‘मिट एन्ड ग्रिट’सहित फिल्म प्रदर्शनको आयोजना गरिएको गायक तथा निर्माता ढकालले रातोपाटीलाई बताए । त्यसक्रममा ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ र ‘झ्याम पारम’ उनले गाएका थिए ।

    उनलाई बोस्टनमै बसोबास गर्ने सुशीला बस्नेत तिमिल्सिनाले गायनमा साथ दिएकी थिइन् । बोस्टनमा फिल्म हेरेपछि छोरी रानी ढकालसँगै रामकृष्ण पनि निकै भावुक बनेका थिए । 

    यसैगरी जुन ५ मा न्यु ह्याम्पसायरमा गुरुङ समाजले ढकालको सांगीतिक प्रस्तुतिसहित फिल्म शोको आयोजना गरेको थियो । त्यसक्रममा स्थानीय प्रकाश गुरुङ लगायत कलाकारले समेत प्रस्तुति दिएका थिए ।  

    आइतबार अर्थात् जुन २१ मा नर्थ क्यारोलिनाको सारलट, जुन तेस्रो साता भर्जिनिया र अन्तिम साता बाल्टिमोरमा ‘मालती मंगले’को प्रदर्शन र सांगीतिक प्रस्तुति रहने ढकालले बताए ।

    जुन महिनाको अन्तिममा अमेरिका टुर सकेर ढकाल ‘मालती मंगले’ लिएर अस्ट्रेलिया जानेछन्, जहाँ आगामी जुलाई ४ मा सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा रेड कार्पेटसहितको प्रिमियर शो हुनेछ । 

    विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको मुख्य भूमिका रहेको फिल्म वैशाख २५ गतेदेखि नेपालमा प्रदर्शनमा आएको हो । नेपाल रिलिजको दोस्रो सातादेखि फिल्म अमेरिकाका विभिन्न सहरमा समेत प्रदर्शन भइरहेको छ । 

    अभावबिच पनि आत्मीय प्रेमले हाँसीखुसी जीवन बिताइरहेको ग्रामीण दम्पतीको जीवनमा जब सामाजिक भ्रमले कब्जा जमाउँछ, तब आपसमा आउने असमझदारी र उतारचढावको कथा ‘मालती मंगले’ले प्रस्तुत गर्छ ।

    रानी फिल्म्सको प्रस्तुति रहेको ‘मालती मंगले’मा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनाम, सुस्मा निरौला र सरिता गिरी तथा बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटाले समेत अभिनय गरेका छन् ।

    फिल्ममा रोशन विश्वकर्माको कोरियोग्राफी, महेश पौडेलको छायांकन, रोमी मोसेजको सम्पादन र संयोग गुरागाईंको पटकथा तथा संवाद छ । मनोज जोशीले कला निर्देशन गरेका छन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुन् ।

    नेपाली सुगम संगीत र पार्श्व गायनका प्रसिद्ध गायक रामकृष्ण ढकालले अढाइ दशकअघि आफ्नै सांगीतिक संघर्षमा आधारित फिल्म ‘आशीर्वाद’मा अभिनय गरेका थिए ।  

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend