Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा रिलिज हुने


६, असार २०८३
  • 81
    SHARES
  • सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा रिलिज हुने

    काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। हाल छायांकनको चरणमा रहेको सिनेमाले प्रदर्शनभन्दा करिब ६ महिनाअघि नै रिलिज मिति सार्वजनिक गरेको हो।

    सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छ। छायांकनका क्रममा अभिनेता विजय बराल घाइते भएपछि केही समय काम रोकिएको थियो। निर्माण टिमका अनुसार बाँकी छायांकन असार १५ पछि पुनः सुरु हुनेछ।

    सिनेमामा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहनेछ। विजय र अञ्जनाले निर्देशक पौडेलसँग ‘पूर्णबहादुरको सारङ्गी’पछि दोस्रोपटक सहकार्य गरेका हुन्।

    निर्देशक पौडेलकै लेखन रहेको सिनेमाको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार गरेका छन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend