Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ भाद्र १५ देखि प्रसारण हुने 


२, भदौ २०८०
  • 171
    SHARES
  • नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ भाद्र १५ देखि प्रसारण हुने 

    काठमाडौ । नेपालकै पहिलो फूड रियालिटी शो ‘सेफ नेपाल’ यही भदौ १५ गतेदेखि प्रसारणमा आउने भएको छ । 

    सेफ नेपालले शुक्रबार एक कार्यक्रमका बीच उक्त शोको प्रोमो सार्वंजनिक गर्दै रियालिटी शो भाद्र १५ देखि प्रसारण हुने जानकारी दिएको हो । कात्तिक तेस्रो सातादेखि छायांकन सुरु भएको उक्त शोमा ८० जनाप्रतिस्पर्धीले भागलिएका थिए । 

    नेपालमा कला सम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो जुन कान्तिपुर टिभिबाट भाद्र १५ देखी १८ गतेसम्म बेलुकी ९ः०० बजे प्रसारण हुनेछ ।विजेतालाई  २५ लाख पुरस्कार र सेफ नेपालको प्रमाणपत्र दिइनेछ ।

    नायिका प्रियंका कार्की कार्यकारी निर्माता रहेको सेफ नेपालमा मास्टर जज सन्तोष साह, सेफद्वय गणेशबहादुर ढकाल र लक्ष्मणप्रसाद भण्डारी निर्णायकको भूमिकामा छन् । जज सन्तोष साहले नेपालमा सेफलाई पहिले देखी नै निकै नै होच्याउने भएकाले उक्त शोले सेफको पेशाप्रति ईज्जत बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो,नेपालमा सेफलाई पहिले देखीनै निकैनै होच्याउने र तल देखाउँने पेशा भनेर बुझिन्छ । सेफ नेपालको यो शोबाट यसमा सहभागी भई विजय हुने र टप १० मा पर्नेबाट यो पेशाको सम्मान बढ्ने छ भन्ने आशा छ ।’  

    साथै,उहाँले नेपाल खाना मानिकै धनि भएको बताउँदै शो मार्फत नेपाली फूडलाई धेरै माथि सम्म लान सकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘यो शो मार्फत नेपाली फूडलाई धेरै माथि सम्म लान सकिन्छ भन्ने ठूलो आशा छ । यो शोमा देशका बिभिन्न फरक ठाउँबाट फरक फरक किसिमको खाना खुवाउँनु भएको छ त्यो देखेर सँच्चीकै हाम्रो नेपाल खाना मानिकै धनि छ भन्ने अनुभव भयो ।’ 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend